अनेसास हङकङ च्याप्टरको पुनर्गठनपश्चात् हङकङमा साहित्यकार तथा साहित्यप्रेमीहरुमा हलचल नै पैदा भएको छ । किनकि यहाँ अन्य साहित्यिक संघ-संस्थामा नसमेटिएका साहित्यकार मित्रहरुसमेत आबद्घ भएर साहित्य लेखनको लागि जुर्मुराएको पाउँदा त्यस्तो तरङ्ग उत्पन्न भएको हो । खासगरी साहित्यिक स्रष्टाहरु संगठित रुपले अगाडि बढौं भन्ने उद्देश्यले नै अनेसास हङकङ च्याप्टरले यस्तो पहल शुरु गरेको हो । हङकङमा रहनु भएका क्रियाशील स्रष्टाहरुलाई विश्वब्यापी रुपले अगाडि बढाउने र चिनाउने कार्य अनेसास हङकङ च्याप्टरको उद्देश्य भित्रको प्रमुख उद्देश्य हो । अन्य लेखन तथा प्रकाशन गरेर समाज सेवा साहित्य सेवा गर्नु त छँदैछ ।
पुनर्गठन हुनुभन्दा अगाडि पनि साहित्य समृद्घकिो लागि केही गर्न नखोजेको अवश्य होइन तर समय र परिस्थितिले गर्दा प्रत्यक्ष रुपले अगाडि नदेखिएको मात्र हो, भित्री रुपमा क्रियाशील नै थियो । त्यही कृयाशीलताबाट पनि अझ कृयाशील बनाउन अहिलेको यो नयाँ कार्य समिति चयन गरिएको हो । कुनै पनि काम गर्नु त्यति सजिलो हुँदैन, अझ साहित्य लेखन चिन्तनको कुरा त झन् अप्ठ्यारो कुरा हो । त्यो भनेर हुने कुरा होइन, लेखेर वा चिन्तन गरेर मात्र हुने कुरा हो । साहित्य लेखन वा चिन्तन कुराभन्दा सजिलो भए पनि त्यसलाई समाजको अगाडि उतार्न भने ज्यादै गाह्रो विषय हो । लेखनमा लेखकीय सत्व, विचार, भावना, दृष्टि मात्र नभएर सम्पूर्ण कुरा समेटिएर आयो भने मात्र लेखनको सम्पूर्ण पाटोलाई समेट्न सक्छ । परदेशमा बसेर नेपाली साहित्यकोर् इंट्टा थप्न सकिन्छ कि भन्ने हेतुले नै यसरी हामी हङकङमा वसोवास गर्ने साहित्यकर्मीहरु अनेसास हङकङ च्याप्टरमा गोलवन्द भएर अगाडि बढ्ने क्रममा जुटेकाछौं ।
साहित्यलाई विभिन्न कार्यक्रममार्फत अगाडि ल्याउनु पर्ने भएकोले अनेसास हङकङ च्याप्टरको तर्फबाट पहिलो कार्यको थालनी यही कविता यात्राबाट गरेका हौं गत सेक्टेम्वर १५,२००८ का दिन लाम्मा आइलैण्डमा । यो मेरा पहिलो अनुभव हो अथवा पहिलो कविता यात्रा नै भनौ । हुन त यस्ता खालका कविता यात्रा हङकङमा विरलै मात्र हुने गर्छन् समयाभावले गर्दा । मलाई लाग्छ, यसपालि कतिपय साहित्यकार मित्रहरु त्था साहित्यप्रेमी महानुभावहरु यही समयाभावको कारण सरिक हुन सक्नु भएन । जे होस् उक्त दिन विहानैदेखि मलगायत त्यहाँ उपस्थित सम्पूर्ण निक्कै रोमाञ्चित थियौ किनकि, लाम्मा आइलैण्डमा गएर कस्तो कविता रचेर सुनाउनु पर्ने हो भनेर । त्यो एउटा चुनौती र परीक्षा पनि थियो हाम्रो लागि । किनकि त्यहाँ २० मिनटमा कविता लेखेर ल्याउनु पर्ने थियो ।
प्राय म कविता लेख्दा पहिल्यै दिमागमा लेख्नु पर्ने कविताको खाका तयार पार्छु र तत् पश्चात् कुनै पनि बेला अथवा समय पाएको बेला त्यसलाई लिपिबद्घ गर्छु । लिपिबद्घ भइसकेपछि केही दिनको अन्तरालमा केही सम्पादन गर्छु र मात्र कवितालाई पूर्णता दिन्छु । यो मेरो लेख्ने स्टायल हो अथवा तरिका ।
दिनको साढे बाह्रवजे हामी कविता यात्रामा जाने कवि कवियत्री तथा साहित्यानुरागीहरु हङकङको सबैभन्दा अग्लो बिल्डिङ्ग आई.एफ.सी. टावरको सम्मुखमा भेला भयौं । छुटेकालाई पर्खेर ल्याउन केही साहित्यकार मित्रहरुलाई अनुरोध गरेपछि हामी अरु दिनको १ बजे पहिलो टोली पानी जहाज चढेर लाम्मा आइलैण्ड मोडियौं । आधा घण्टाको जहाज यात्रापश्चात् लाम्मा आइलैण्ड अवतरण भयौं । अवतरणपश्चात् कतिले आउन बाँकीलाई त्यही पानीजहाजबाट उत्रने ठाउँमा पर्खने कुरा गरे, कतिले पर समुद्रको किनारमा पर्खने कुरा गरे । चर्को घाम र तातो सामुद्रिक वाफले गर्दा त्यहाँ पर्खन पनि गाह्रै थियो । त्यसैले सबैको सल्लाहवमोजिम समुद्रको किनारमै गएर पर्खने निधो भयो । कतिपय साथीहरु गर्मी छल्न छत्रे टोपी किन्नतिर लागेभने कतिचाहिं खाजा र चिसो पानी किन्नतिर लम्कियौं । केहीक्षणमै हामी सबै समुद्रको किनारामा पुग्यौं । त्यहीबेला मलाई थाहा भयो कि, लाम्मा आइलैण्ड हङकङको एक प्रमुख पर्यटकीय क्षेत्र हो भनेर । किनकि त्यहाँ वरपर किनमेल गर्नेदेखि समुद्रमा डुबुल्की मार्ने सम्मका प्राय हङकङवासीभन्दा पर्यटकको संख्या नै बढी देखिए । समुद्रको किनारमा आउन बाँकी साथीहरुलाई पर्खने समयको सदुपयोग गर्दै एचके नेपाल डटकमका सम्पादक पशन तमूले लाम्मा आइलैण्ड आई पुगेको अनुभवहरु क्यामरामा कैद गर्न थाल्नु भयो एचके नेपाल डटकमको लागि । क्यामरामा पशन तमू आफैले खट्नु भएपछि सुरेन लिम्वू र मैले वार्ताकारको रुपमा भूमिका निभायौं । उता प्रकाश के.सी. र अम्वु गुरुङ्गले भने स्टिल क्यामरामा त्यहाँ वरिपरि रहेका दृश्यहरु कैद गर्न ब्यस्त हुनुहुन्थ्यो । केहीक्षणपश्चात् अन्य वाँकी रहनु भएका मित्रहरु पनि आइपुग्नु भयो र संयुक्त भएर बतासे डाँडातिर पाइताला सार्यौं ।
तातो घामले सेकिँदै झण्डै २० मिनट जतिमा बतासे डाँडालाई स्पर्श गर्न पुग्यौं । साँच्चै ! नाम राखेअनुसार नै त्यहाँ पुग्नासाथ सिरसिर बतास चल्न थाल्यो र त्यही बतासले नै सबैको थकाइलाई मेटाइदियो । यही कुरा थाहा पाएर नै अनेसास हङकङ च्याप्टरका उपाध्यक्ष कमल पौडेलजीले वतासे डाँडा नामाकरण दिनु भएको होला । उक्त रमणीय स्थलमा अनेसास हङकङ च्याप्टरको पहिलो औपचारिक कार्यक्रमको सुरुवात भयो । अध्यक्षतामा अनेसास हङकङ च्याप्टरका अध्यक्ष मोती चाम्लिङ हुनुहुन्थ्यो भने त्यसैगरी अथितिहरुमा अनेसास हङकङ च्याप्टरका सल्लाहकार तथा वरिष्ठ संगीतकार दिनेश सुव्वा, कलकार संघ हङकङका अध्यक्ष तथा अनेसास हङकङ च्याप्टरका सदस्य सुरेन लिम्वू, वुद्घिजिवी तथा कवि र्इन्द्र सिं राई, अनेसासका केन्द्रीय सचिव तथा हङकङ च्याप्टरका सल्लाहकार पशन तमू र हेलेन भाउजु आसीन हुनुहुन्थ्यो । कार्यक्रम सञ्चालिकामा अनेसास हङकङ च्याप्टरका सचिव लक्ष्मी राई थिईन् ।
औपचारिक कार्यक्रमपश्चात् लगत्तै एक कलम र एक पाना कपी दिइयो र कविता लेखेर ल्याउन २० मिनटको समय तोकियो । कपी कलम लिएर कोही बतासे डाँडाको माथि त कोही तलतिर लागे । तलतिर लाग्नेमा मोती चाम्लिङ र म पर्यौं । सिरसिर बतासको स्पर्शसँगै ढुङ्गाको आडमा कविता लेख्न अडेसियौं । यसरी प्रकृतिको छटामा बसेर कविता नलेखेको पनि झण्डै १८, १९ वर्ष भएछ । त्यसबेला म क्याम्पस सकेर धनकुटामा जागीर खोज्दै साहित्य सेवामा लागेको थिएँ । अहिलेका जल्दाबल्दा समालोचक डा.गोविन्दराज भट्टराई र मैले एकै कार्यक्रममा उभिएर धेरै पटक सँगसँगै कविता वाचन गरेका थियौं । उनी मेरा हाइस्कूल ताकाका शिक्षक पनि हुन् । त्योभन्दा पनि अर्का मेरा प्रिय मित्र थिए प्रेम ओझा । उनीसँग त यस्तै चउर र डाँडाकाँडामा बसेर कति कविता मुक्तक लेखियो लेखियो । छेवैमा बस्नु भएको मोती चाम्लिङलाई देखेर उहाँको साह्रै याद आयो । त्यसबेला प्राय प्रेम प्रणय, प्रगतिशील र हास्यब्यंग्य खालको कविताहरु लेख्ने गरिन्थ्यो ।
दिइएको समयमा समाप्त भएपछि सबैले लेखेर ल्याएका कविताहरु लारा वहिनीलाई बुझायौं र औपचारिक कार्यक्रमतिर होमियौं । लक्ष्मी राईको पुनः कार्यक्रम सञ्चालनले कार्यक्रमको मोहकता थपिरहेको थियो । कविता वाचनमा कसैले ताली र कसैले तारिफ गर्दै झण्डै एक घण्टामा कार्यक्रम समाप्त भयो अत्यान्तै रोमञ्चकताका साथ । घर फिर्तीको लागि हतार हुने र काममा जाने एकातिर काम नहुने फुर्सदमा रहेकाहरु अर्कातिरबाट आआफ्नै गन्तब्य समात्यौं । त्यसबेला साँझको ५ बजिसकेको थियो । वास्तवमा अघि आएको पाटोभन्दा अहिले हामी फिर्दै झरेको पाटो ज्यादै रमणीय थियो किनकि, त्यहाँ हाम्रो गाउँघरको वातावरण देख्न पाइन्थ्यो । त्यहाँ भर्खरै पसाउँदै गरेको केराको घरी, सरिफा साथै अन्य विभिन्न फलफूलहरुको बोटबिरुवाहरु देख्न पाउँदा आफ्नै गाउँघरमा पो डुल्दै छु कि जस्तो भान हुन्थ्यो । तल फेदीमा आइपुगेपछि साथीहरुले सि-फुड खाने विचार गर्दै हुनुहुन्थ्यो मलाई भने काममा जानु पर्ने भएकोले कतिखेर त्यहाँबाट टाप ठोक्ने होला भनेर दाउ हेर्दै थिएँ । साथीहरुले खानाको परिकार सोध्दै गर्दा अम्वु गुरुङ्गलाई लिएर म पानी जहाजको छुट्ने समय सोध्न दौडिएँ । त्यहाँ पुग्दा साँच्चै नै हिँड्न लागेको पानीजहाज पो भेटियो । अम्वु गुरुङ्गसँग बिदा मागेर त्यहाँबाट काममा पुग्नको लागि सुइँकुच्चा ठोकेँ ।
पानी जहाजमाथि चढेर हङकङको नेपाली साहित्यको विषयमा निक्कै बेर सोच्दै बसेँ । मलाई लाग्यो, हङकङमा नेपाली साहित्यको ज्यादै उर्वरता छ । र मैले हङकङ प्रवेश गर्दा पनि यहाँ बसेर नेपाली साहित्यको लागि केही काम गर्नुपर्छ भन्ने लागेको थियो, त्यहीअनुरुप मैले नै संगठित रुपले अगाडि बढ्न नेपाली साहित्य प्रतिष्ठान हङकङको अवधरणा ल्याएको हुँ । त्यो सर्वस्वीकार्य भयो पनि र आजसम्म उक्त संस्थाले नेपाली साहित्यको लागि आफ्नो काम निरन्तर गरिरहेको छ । त्यो समयदेखि यता नेपाली साहित्यको लेखनमा कहिल्यै खडेरी परेको छैन बरु झन् झन् उर्वर हुँदै गएको छ ।
मलाई लाग्छ, हङकङमा नेपाली साहित्यको एउटा नयाँ केन्द्र बनिसक्यो । जे होस्, नेपाली साहित्य प्रतिष्ठान हङकङको स्थापनापश्चात् हङकङमा नेपाली साहित्य लेखनले अभूतपूर्व छलाङ्ग मारेको छ । साथै हङकङमा अन्य साहित्यिक संघसंस्थाहरु पनि जन्मिसकेकोले अव नेपाली साहित्यले विशाल रुप लिनेछ भन्ने कुरामा म आशावादी छु । तर संघ-संस्था जन्मनु मात्रै सम्पूर्णता होइन त्यसको कृयाशीलतामा भर पर्दछ । अब, अनेसास हङकङ च्याप्टरले पनि नेपाली साहित्यको लागि क्रियाशील भएर आफ्नो काम कर्तब्य पूरा गर्दै जानेछ भन्ने कुरामा द्विविधा छैन ।

No comments:
Post a Comment