नब्वे दिनको नेपाल वसाई

हंगकंगको साहित्यिक माहौल निक्कै बढी रहेको थियो । नौलो चिनाजानीले पनि होला यहाको साहित्यकार दौतारीहरु संग ब्यस्ततालाई वास्तै नगरी कहिले कहिको भेटघाटमा कविता सुनाउने सुन्ने र प्रतिकृया दिने क्रमको श्रीगणेश भैहाल्थ्यो । त्यति मात्र नभएर टेलिकविता वाचन गर्ने कार्य पनि हुन्थ्यो । सन् १९९७/९८ तिर हंगकंगमा नेपाली पत्रिकाहरु प्राय त्रैमासिक रुपमा मात्र निस्कन्थ्यो । भर्खर भर्खर यहा प्रबेश गरेका नेपालीहरुमा सायद त्यति अनुभव थिएन होला । साहित्यिक अथवा लेखकिय नाताले जो जो अक्षरको खेतीमा लाग्नु भएको थियो वहाहरु संग नजिकिने मौका मिली हाल्यो । त्यस पछि मैले के सोचे भने अव यसरी साधारण भेटघाट र टुक्रे कविता वाचनले मात्र साहित्य अवश्य सप्रन सक्दैन जस्तो लागे पछि एउटा साहित्यको घर नै निर्माण गरे राम्रो होला भन्ने मनमा अठोट उभिए पछि त्यसलाई साहित्यका पारखी मित्रहरुको सामु प्रस्तावना स्वरुप फिज्याए । प्रस्तावना आए पछि यस विषयमा वहस नै सुरु भयो । वहस कर्ताहरुमा देश सुब्बा क्रान्ति वनेम ,शिव प्रधान, चन्द्र दुमी ,शरण सुब्बा र म थियौ । यो विषयले हामी विचमा खैलावैला नै मच्चायो । कसै साथी हरुले साहित्यिक मञ्च खडा गर्ने भने कसैले साहित्यिक साहित्यिक चौतारी कसैले साहित्यिक घुम्ति जस्ले जस्तो सुकै नामाकरण् गरे पनि त्या एउटा संस्थाको नाम जुराउने श्रंखला मात्र थियो । अन्त्यमा हामी सवैले हङ्गकङ्गमा साहित्यिक संस्थाको आवश्यकता टड्कारो रुपमा खड्किएको महसुश ग-यौं । संस्था निश्चित रुपमा जन्मने भए पछि के सोचियो भने हङ्गकङ्ग नेपालीहरुको दोस्रो घर अथवा अर्को यौटा सानो नेपाल भएको हुनाले मन्च चौतारी वा घुम्ति राख्नु भन्दा एउटा देश कै जस्तो प्रतिनिधित्व गर्न सकोस भन्ने हेतुले प्रतिष्ठान नै राख्ने सल्लाह भयो । सोहि बमोजिम नेपाली साहित्य प्रतिष्ठान हङ्गकङ्ग भनेर साहित्यिक संस्थाको नामाकरण गर्ने काम पुरा भयो । त्यो दिन थियो सहस्रद्विको पहिलो प्रहर,एक्काइसौ सताब्दिको पहिलो पाइला संगै प्रतिष्ठानले हङ्गकङ्गमा आफ्नो अस्तित्व जमायो ।
हङ्गकङ्गे नेपाली साहित्यिक वर्गको लागि खुशीको कुरा बन्यो । त्यस पछि यो विदेशी भूमीमा कलम चलाउने साहित्यकर्मीहरु निक्कै दत्तचित्त भएर लेख्ने कार्यमा अघि सर्ने क्रम हवात्त बढ्यो । विभीन्न क्षेत्रबाट पत्रपत्रिका जन्मने क्रम पनि एक प्रकारले वर्षा याममा च्याउ उम्रे सरी नै उम्रे भन्दा अत्युक्ति नहोलेख्नेहरुको मनस्थिति पनि सगरमाथा झै अग्लिदै गयो । पत्र पत्रिकामा लेखरचनाहरुको भीड भाड नै हुन्थ्यो र कहिले कहि रचनाले दोस्रो अंक सम्म पर्खिनु पथ्र्यो । तर प्रकाशनको लागि भने नेपाल मै पु-याउनु पर्ने बाध्यता भने छदै थियो । सायद त्यसैले होला मैले पनि कविता लेखनमा निक्कै हात दौडाए मस्तिष्क खियाए । फलस्वरुप मैले एकदिन लेखी सकेका कविताहरुलाई मुर्तरुप दिन कितावरुपी कविता संग्रह निकाल्ने सपना वुने योजना तुने । योजना मात्र वनाएर कहाँ भयो र – मैले लेखेका कविताहरु क्विता वने कि वनेनन् भनेर कहिले उपन्यासकार देश सुव्वा संग भने कहिले कवि दाई चन्द्र दुमी संग सल्लाह सुझाव लिन पुग्थे । त्यति मात्र नभएर कवि भित्र शरण सुव्वा ,निवन्धकार क्रान्ति वनेम र कथाकार शिव प्रधान संग पनि प्रशस्तसल्लाह सुझव लिने काम गरे । मेरा अक्षरहरुको लमालालाई वहाहरुले नियाले पछि कविता नै भनेर स्विकार गर्नु भयो। वल्ल कविता संग्रह निकाल्ने महान मेरो योजनामा मुलखम्वा उभ्याए झैं आड्भरोसा मिल्यो ।संग्रह त निकाल्ने निर्णयमा पुग्यो तर अर्को विषयले फेरि आक्रमण ग-यो ।त्यो के भने संग्रहको नामाकरण गर्नु वास्तवमा यो सजिलो थिएन धेरै दिन सम्म यसले पिरोल्यो ।साथीहरु संग केहि नामको विषयमा कुरा चलाए पनि खासै नतिजा प्राप्त नभए पछि आफै लागि परे । त्यसबेला अफगानिस्थानमा लर्डाई सुरु भएको थिएन । तर लर्डाईको वीउ स्वरुप अल्काईदाको लडाकुहरुले ढुङ्गामा खोपीएका विशाल बुद्घको मुर्तीहरुमा अनगिन्ति क्षेप्यास्त्र जस्तो गोलीहरु प्रहार गरेको समाचार मैले एकदिन एक एक आफ्नै घरको टी.भी.मा मैले देखे । त्यसको प्रभावले होला मेरो अन्तरहृदय वुद्घ प्रति आक्रिष्ट भयो । वुद्घ नै लर्डाईको मैदानमा उभिएको मेरो आभासले "युद्घ भित्र उभिएको बुद्घहरु "भन्ने शिर्ष अलौकिक तरिकाले श्रृजना भयो र यहि शिर्षक माथि कविता पनि लेखे । समयानुकुल संग्रहको नाम राऋन यहि शिर्षलाई उपयुत्त ठाने र यसैलाई नै राख्ने निर्णय गरे । एक प्रकारले कविता सैग्रहको लागि सम्पूर्ण काम पुरा भै सकेको भन्न अलि बाकी नै थियो ।अब त्यहि कविता संग्रह कै लागि नेपाल जानु सम्भवै थिएन तर मेरो हङ्गकङ्ग बर्साई क्रम भने निक्कै लामो भैसकेको थियो । त्यस्तै परिस्थिति ठिक्क जुर्‍यो नेपाल घरमा जानु पर्ने पशुपतिको जात्रा सिद्राको व्यापार गर्ने मौका मिल्यो । सन् २००२ को फेब्रुवरी महिनामा परिवार सहित नेपाल तिर हाकियौ । नेपाल त पुगियो तर प्रकाशन सम्बन्धि काममा सघाउ गर्ने चिनेजानेका मान्छे कोहि थिएनन् आफै गुरु यस सम्बन्धि कुनै अनुभव छैन वडो फसादीमा परे। अचानक मलाई याद आयो जुनबेला हामी दक्षिण कोरीयामा संगै काम गरेका मित्र मनोज श्रेष्ठको याद आएर मात्र के गर्ने भेट्नलाई त फोन घुमाउनु पर्‍यो नी हतार हतारेगोजी खोतल खातल गरेर पुरानो डायरी पल्टाएर हेर्दा वहाको नम्वर फेला पर्‍यो तव मात्र मैले शान्तिको श्वास फेरे र किनभने वहाले मैले भनेको कुरा कहिल्यै काट्नु हुन्नथ्यो त्यो मलाई थाहा थियो संम्झे अव काम पुरा हुने भयो ।वहा संगको भेटघाट पति मेरो सम्पूर्ण कामको इतिवृतान्त सुनाए त्यस पछि कामको मेलोमेसो मनोजलाई भन्दा कवि उत्तर कुमार राई अनुभवि भएको कुरा वहाले वताए पछि वहा संग चिनाजानी गराई दिनु भयो । उत्तर जी संगको परिचय पछि काठमाण्डौको धुलो उडाउदै काममा खटियौ ।काम वास्तवमा त्यो एउटा मात्र थिएन त्यसको साथ साथै चौविसे समाज सेवा हङ्गकङ्गको मुखपत्र "चौविसेका गोरेटाहरु"को पनि प्रकाशन गर्नुपर्ने थियो ।एक काम दुइ पन्त भनेर नेपाल हिडेका एक काम त्रिपन्त नै गर्नु पर्ने भयो । त्यस वेला काठमाण्डौमा काम गर्न सजिलो थिएन किनकी कहिले चक्का जाम त कहिले हुल्दुङ्गा जसले गर्दा मेरो काममा वधा परी रहयो पारी रहयो तर उद्देश्य लिएर थालेको काम त्यसै छोड्न पनि मिलेन । यी समस्याको वावजुद पनि काम त गरी नै रहे तर भने जस्तो समय पाउन सकिएन किनभने दिनत्यसै वितिरहेको थियो मेलो कति पनि सरेको थिएन। फेरि त्यहि समयमा नै नेपालका वरिष्ठ साहित्यकारहरु संग भेटेर यसो भलाकुसारी गर्ने मनशाय पनि थियो । यी यावत कुराले म चौवाटोमा उभिए झैं भए यताउता कता न कता जाउ झैं भए । यसो सोचे अतालिएर हुदैन विस्तारै हिडे लक्ष्यमा पुगिन्छ भन्ने कुरालाई मनमा वाधेर अर्का गजलकार भाई प्रदिप राई उर्फ वैरागी माईला संग परिचय हुन पुगीयो ।त्यस पछि भने वरिष्ठ साहित्यकारहरु संग भेटघाट गर्ने क्रम सुरु भयो । यहि भेट कै क्रममा मोहन कोइराला, वैरागी काईला, इश्वर वल्लव , मञ्जुल, डा० गोविन्दराज भट्टराई र डायमण्ड शमसेर आदी संग जेनतेन भेट्ने काम एक प्रकारले पुरा भयो । कामको असार जस्तो क्षणमा पनि वहाहरु जस्तो वरिष्ठ साहित्यकारहरु भेट्न पाउनु पनि सौभाग्य नै सम्झे । यस्तै सानो तिनो कामले भन्नुहोस त कति समय वित्यो मात्रै साठी दिन फसाद परे न त ! चौविसे सेवा समाजको "चौविसेका गोरेटाहरु "मुखपत्र त आलै छ । यहि समयमा पहाड घर र ससुराली पनि जानु छ अव यो काम कसैलाई नसुम्पी नहुने भयो उपाय खोज्न थाले सोचे काठमाण्डौमा जागिर गरि बस्नु हुने मित्र लोकेन्द्र याखालाई काम सुम्पु तर त्यो सोचे जस्तै भयो । भने जस्तै काम सुम्पेर स-परिवार आफ्नै गृहनगर धनकुटा चौविसे र ससुराली ताप्लेजुङ्ग तेम्वेको यात्रामा पाईला लम्कायौं ।त्यसबेला गाउघरमा मात्र होइन नेपाल भरी नै माओवादीको हत्या प्रकरण सुरु भएको थिएन मात्रै हल्ला चलिरहेको थियो । त्यसैले खतरा भै सकेको थिएन गाउघरमा जान आजभोलि जस्तै । नेपाल पुग्नुको मुल उद्देश्य भन्नु नै बुवा आमा र आफन्ताहरुलाई भेटेर सुखदुख वाड्नु त्यहि अनुरुप बुवा आमाको चरणकमलमा पुगेरै छाडियो । खास के भने हाम्रो गाउमा जस्ले नयाँ कृतिर् गछ उसको सम्मान स्वरुप "एक स्रष्टा कृति वाचनको " कार्यक्रम गरीन्छ । सोहि वमोजिम म पनि अनायासै भागेदार वने । कार्यक्रमको तर्जुमा भयो र मैले गाउले दाजुभाईहरुको फूलको गुच्छा र शुभआशिर्वाद ग्रहण गरे । यो मेरो जीवन कै पहिलो सम्मान थियो । यसरी सम्मान पाउँदा केहि न केहि प्रेरण र नँया श्रृजना गरु भन्ने भावनामा त्यसै जाग्दो रहेछ । यसरी सम्मान पाउँनेमा मेरो गाँउको म तेस्रो ब्यक्ती थिएँ । बुवा आमाको न्यानो काखमा केहि दिन विताए पश्चात आफ्नो गाँउबाट सपरिवारै ताप्लेजुङ्ग तिर हुइकियौ । ताप्लेजुङ्ग पुग्नको लागि मेरो गाउवाट सात घण्टाको गाडी यात्रा झण्डै २ दिनको हिडाइ पछि मात्र ससुराली पुगिन्छ । वाटोमा हिड्दा हिडे जस्तै हुदैन किनकी थरीथरीका राताम्मै लाली गुँरास फूलेको दखिन्छ । छ्याङ्गै हिमाल, चराचुरुङ्गीको मीठो कलंख ध्वनी, अनि चौरीगाई देख्न पाउँदा मनै त्यसै फुरुङ्ग वन्छ। अर्को सुखको पाटोमा पुगे झैं लाग्छ । जे होस यी यावत कुराहरुको दृश्यपान गर्दै ससुरालीको घरदलानमा पुगेरै छाडियो। ससुरालीवाट फिर्ने क्रममा हाम्रो नयाँ अनुहार देखेर होला त्यहाँका प्रहरीहरुले माओवादी आशंका गरेर निक्कै टाढा सम्म पछ्याए । यसै शिलशिलामा साहित्यकार दाई कृष्ण धारावासी र अपाङ्ग साहित्यकार वहिनी झमक कुमारी घिमीरे संग पनि भेट्ने मौका मिल्यो । यी सारा काम सिध्याएर गाउबाट काठमाण्डौं आईपुग्दा जम्मा अठासी दिन खर्ची सकेका थियौं । काम सुम्पिएर गएको हुनाले म ढुक्क थिए किनकी सम्पूर्ण कुराको वेलीविस्तार लगाएर हिडेको हुनाले तर जब मैले साथीलाई भेटे थाहा भईहाल्यो कि चौविसेका गोरेटोहरुको लागि त केहि पो भएको रहेनछ । अव के गर्ने अलि दिन उडानको थप गर्नुपर्ला र काम पुरा गरौंला भन्ने हेतुले हवाई टिकट लिएर हवाई टिकटको अफिसमा सोधपुछ गर्दा यो थाहा लाग्यो कि त्यो टिकट त टुर प्याकेजको ९० दिन म्याद मात्र रहेछ । अब फसाद परेन के गर्ने भाउन्न छुटेर रिङ्गटा चल्ला जस्तो भयो ।त्यस पछि साथीलाई उक्तकुराको जानकारी दिए पछि काम सिध्याउन वल गर्‍यौं ।मात्र तिन दिन वाकी र हङ्गकङ्ग तिर उड्नलाई । हामी भन्नाले म साथी र साथीका साथीहरु मीलेर मेशीनले झैं काम गर्न थाल्यौं । दिन रात नभनी २४सै घण्टा खट्यौं । न राम्ररी खान न राम्ररी वस्न पाईयो समयमै केहि काम गर्नलाई ध्यान पुर्‍याइएन भने यस्तै सराप लाग्दो रहेछ । आखीर आटे के हुन्न रहेछ र अन्तत तिन दिनमा सारा काम भ्याईयो हरे शिव यो काम कसरी भ्याईयो भनेर सोच्दा मलाई अचम्म लाग्छ । पर्सीको दिन अथवा हङ्गकङ्ग लम्कने अघिल्लो दिन वल्ल तल्ल काम सिध्याएर पसिना पुछ्दै लामो सुस्केरा ताने । साथीहरुलाई काम पुरा भएकोमा धन्यवाद दिदै म भोलीको लागि कुम्लो कोठेरो कस्न घर तिर लागे । पुन नब्बे दिन पाश्चात स-परिवारै हङ्गकङ्ग उत्रियौं । नब्बे दिन मै हङ्गकङ्ग आई पुग्नु हाम्रो वाध्यता थियो । किनकी मैले माथी नै दर्शाई सके दलालको टिकटले समयावधी वढाउन मिलेन अरु दुइ चार दिन काठमाण्डौं वस्ने इच्छा भए पनि वस्न पाईएन । फसादी नै फसादी ब्यहोर्नु परे पनि आफ्नै जन्म भूमि भएकोले होला रमाईलो नै लाग्यो । हङ्गकङ्ग आई पुगेर पनि हात बाधेर बस्ने दिन थिएन मैले पहिलो नै नेपाली साहित्य प्रतिष्ठान हङ्गकङ्गको दोस्रो वार्सिकोत्सवमा मेरो कविता संग्रहको विमोचन गर्ने वाचा गरी सकेको थिए । सोही मुताविक प्रतिष्ठानको दोस्रो वाषिकोत्सव भव्यताका साथ सम्पन्न गरीयो । त्यहाँ युद्ध भित्र उभिएका वुद्धहरु नामक मेरो कविता संग्रह युनलङ्ग डिष्ट्रिकका काउन्सिलर श्री केन चाउ को वाहुलीवाट विमोचन भएको थियो भने अतिथिका रुपमा महामहिम जैनेन्द्र जीवन शर्मा र गायक तथा संगीतकार श्री दिनेश सुब्बाको सौहार्दपूर्ण उपस्थिति थियो । साथै प्रतिष्ठानका सहकर्मी मीत्रहरुको पनि अतुलनिय सहयोग प्राप्त गरेको थिए । तत्पाश्चात झण्डै डेढ दशकको कविता लेखन यात्राले वल्ल मुर्त रुप लियो । त्यो नै मेरो जीवनको सवै भन्दा खुशीको कुरा वन्यो, इतिहास वन्यो । नब्वे दिनको नेपाल वर्साई त्यसरी नै गुज्रेर गयो स्मृतिमा त्यसरी नै अतित वनेर रह्यो । अस्तु ,

No comments: