साहित्यकार डि.बि.पालुङवाले धरानबाट प्रकाशित अभियान साप्ताहिक पत्रिकाको लागि लिनु भएको टंक सम्वाहाम्फेको अन्तर्वार्ता
१) तपाईको हङकङ बसार्इ कहिले देखि होला ? र कृपया हङकङ बसार्इको अनुभव बताई दिनु हुन्छकी ?
म खासगरि हङकङ १९९६ को सेक्टेम्वर महिनामा आएको हुँ आई.डी.को कारणले । भन्दाभन्दै हङकङको बसार्इ पनि एक दशक भन्दा बढी हुन लागेछ । हामी नेपालीको त्यति सीप हुँदैन । कमीले मात्रै सीप सिकेर विदेशीएका हुन्छौ भने अर्कोतिर भाषाको ज्ञानको अभावले पनि हङकङ वसार्इ सजिलो भएन र छैन पनि । त्यो असजिलो अझै पनि छ किनकी म लगायत धेरै नेपालीले यहाँ चाईनिज भाषा जान्दैनन् । भाषा नजान्नाले यहाँका हरेक कुराहरु जान्न बुझन गाह्रो हुन्छ वा भएको छ । धेरै भन्दा धेरै मेरो अनुभवमा भेदभाव खेपीरहेकाछौ । यो भेदभाव अन्त्य गर्नको लागि निति नियम तर्जुमा गर्न बाँकी नै छ । अझै पनि विचाराधिन मै छ । तर विभिन्न क्षेत्रवाट निति नियम बनाउँनको लागि मत जम्मा गरि सकिएको छ ।
२) मलाई थाहा छ तपाई त दक्षिणकोरिया पनि चार पाँच वर्ष बसेर फेरि हङकङ आउनु भयो, हङकङ बसार्इ पनि यतिका बर्ष भएछ के अब त आफ्नै देश फर्किने होइन र ?
हो कुरा सहि गर्नु भो म कोरियामा पनि आय आर्जनको लागि झण्डै पाँच वर्षजति बसे । र हङकङको बसार्इ पनि एक दशक नाघी सक्यो । तर पनि भने जस्तो आय आर्जन भएको छैन अथवा गर्न सकिएको छैन । त्यसैले अझै केहि वर्ष हङकङ मै वसेर स्वदेश फर्कने योजना छु । तर कहिले भनेर अहिले नै किटान गर्न सकेको र्छुइन । जीवनभर विदेश वस्ने मेरो योजना छैन । नेपालमा वेरोजगार वस्नु भन्दा आफ्नो श्रम यहाँ केहि समय प्रयोग गरौं भन्ने दृष्टिले यता वस्दै आईएको छु । नेपालमा गणतन्त्रको बलियो जग बसी सकेपछि निर्धक्क नेपालमा मै जीवन विताउँने सपना बुनेको छु ।
३)यहाँले साहित्य कहिले देखि लेख्न सुरु गर्नुभयो ? र साहित्य लेख्नुको प्रयोजन के होला ? अथवा साहित्य के को लागि लेख्नुहुन्छ ?
साहित्य लेख्न मैले २०४४ तिर शुरु गरेको हुँ । साहित्य लेख्नुको प्रयोजन भनेको चाहिँ आफ्नो विचार अरुसम्म पुर्याउँने चेष्टा हो । खासगरि सकरात्म कुराहरुको सम्प्रेषण गर्नु र खराब कुराबाट जोगाउँनु साथै अन्यायको विरोधमा उत्रनु लेखकको दायित्व हो । अथवा समग्रमा भन्ने हो भने शिक्षामुलक कुराहरुको शन्देस दिनु लेखकको उदेश्य भित्र पर्दछ । यो कुरालाई मैले प्रयोजनको रुपमा हेरेको छु । कुनै पनि बस्तु जस्तै त साहित्यलाई प्रयोजन गर्न सकिन्न किनकी यो भावना र विचारका कुराहरु हुन् । साहित्यकारले प्राय यिनै र यस्तै कुराहरुलाई दृष्टिगत गरेर लेख्ने गर्छ र आत्मासन्तुष्टि लिने गर्छ । त्यहि विषयबस्तुहरु भाषा सेवा र साहित्य समृद्धिसँग जोडिन पुग्छन् । र साहित्यकारले देश विकासको लागि त्यसका पूर्वाधारहरुको खाका कोर्न पुग्छ । म पनि यिनै कुराहरु सोचेर साहित्य लेख्ने गर्छु ।
४) हङकङ जस्तो ब्यस्त शहरमा साहित्य तपाई कस्तो समयमा लेख्नु हुन्छ ? हाल के गर्दै हुनुहुन्छ ? या त अरु कुनै नयाँ कृति आउदै होला हैन ?
हङकङ जस्तो ब्यस्त शहरमा साहित्य लेख्नु निकै चुनौतिको कुरा हो तर पनि त्यसको बावजूद नेपाली साहित्य निरन्तर लेखिरहेकाछौ म लगायत हङकङ वस्ने अन्य साहित्यकारहरुले । कस्तो समयमा लेख्ने भन्ने कुरामा यहि समय भनेर कहिल्यै समय तोक्दिन । विषय वस्तुले छोएको वेला जुनसुकै समयमा पनि म लेख्छु । घरमा समय नभएकोले प्राय काममै बसेर लेख्ने गरेको छु । सायद अर्को वर्षसम्ममा एउटा त्रिभाषीय कविता संग्रह छापीएर पाठकहरुको हातमा आईपुग्छ होला । गीत जति गेय हुदैन । हुन त कवितालाई पनि गायनमा नल्याईएको भने अवश्य होईन । तर धेरै गाईएको छैन ।
६) तपाईले युद्ध भित्र उभिएको बुद्धहरु कविता संग्रह र आधुनिक गीती एल्बम मनोभाव र सार पनि बजारमा ल्याइ सक्नु भयो, यस्ता कृतिहरुको विशेष गरेर शन्देश चाहीँ के होला ? लगानीको हिसाबमा पनि धेरै नै खर्च गर्नु भयो होला, रिटर्न र रेस्पोन्स कस्तो पाउँनु भयो ?
हाल सम्ममा मैले एक कविता संग्रह युद्ध भित्र उभिएको बुद्धहरु र आधुनिक गीती एल्बमहरुमा पहिलो मनोभाव र दास्रो सार रहेकाछन् । यी तिन वटै कृतिहरुमा बढी भन्दा बढी मानविय संवेदनालाई उजगार गरेको छु । यी सवै कृतिहरु माओवादी जनयुद्ध कालमै प्रकाशित भएकोले शान्तिको कामना र शन्देस तथा अन्याय अत्याचारको विरुद्धमा लड्ने शंखघोष गरेकोछु । नेपाली आधुनिक गीती एल्बम र साहित्यका कितावले कमै मात्र लगानी उठाउँने गरेकाछन् त्यसको मारमा मेरा कृतिहरु पनि परेकाछन् । तर त्यस्को रेस्पोन्स भने अत्यान्तै राम्रो रह्यो । किनकी पत्रपत्रिका देखि लिएर विभिन्न खाले मिडीयाहरुले पाठक तथा स्रोता दर्शकहरुको विचमा सहजै पुर्याउँने काम गरिदियो त्यसैले पनि रेस्पोन्स राम्रो आएको हो ।
७) साहित्य लेखेर के पाउनु भयो र के गुमाउनु भयो जस्तो लाग्छ तपाईलाई ?
साहित्य लेखेर मैले धेरै कुरा पाएँ जस्तो लाग्छ । किनभने यहि साहित्य लेख्न थाले पछि मान सम्मान र नाम पाएको छु । मानिसको सवै भन्दा ठुलो कुरो पनि त्यहि नै हो । समग्रमा भन्ने हो भने मैले नसोचेको कुरा पाएको छु । तर गुमाउँन भने अहिले सम्म केहि गुमाएको छैन ।
८) तपाईले त www.limbuwan.blogspot.com ब्लगसार्इट नै चलाउदै हुनुहन्छ , यो ब्लगसार्इट चलाउनुको औचित्य बारे केही बताई दिनु हुन्छ की ? र हाल संसारभर यस्को पाठक र दर्शक कति होला ?
यो ब्लगसार्इट चलाउँनुको मुख्य औचित्य भनेको लिम्वुवान आन्दोलनलाई सघाउ पुर्याउँनु हो । लिम्वुवान स्वायत राज्य स्थापना नहोईन्जेल यो ब्लगसार्इटले निरन्तर लिम्वु तथा लिम्वुवानवासी गैरलिम्वुहरुलाई समेत जनजागरणको गीत सुनाई रहनेछ । लिम्वुवानवासीहरुको प्रमुख माग भनेको नै लिम्वुवान स्वायत राज्य हो । यो ब्लगसार्इट मार्फत त्यो मागलाई वुलन्द गर्नु र लिम्वुवानको लागि जनमत संकलन गर्नु दोस्रो औचित्य हो । यो मेरो ब्यक्तिगत प्रयास हो यस्ता अनेकौ सञ्चारका साधनहरुले लिम्वुवानको लागि सक्रिय भूमिका खेल्न आवश्यक छ । यो ब्लगसार्इटको पाठक तथा दर्शकहरु झण्डै ३० हजार भन्दा बढी रहेकाछन् विश्वभरीमा । त्यसैले पनि यो काममा उत्साहित भएर लागेको छु । र म आफै लिम्वु भएको हैसियतले र विदेश बसेर लिम्वुवानको लागि गर्न सकिने काम भएकोले पनि यता लागेको हुँ । यसलाई दायित्वको रुपमा वोध गरेको छु । यस्तो कामको लागि हामी सवै लिम्वुहरुले दायित्ववोध गर्नुपर्छ जस्तो लाग्छ । र सवैले आआफ्नै क्षेत्रवाट केहि न केहि योगदान दिए लिम्वुवान स्वायत राज्य घोषणा भएरै छाड्छ ।
९) अन्त्यमा नौलो अभियान मार्फत तपाईको पाठक र श्रोताबृन्दहरुलाई के भन्न चाहानु हुन्छ ?
यस नौलो अभियान पत्रिका मार्फत मेरो अभिब्याक्ति राख्ने मौका दिनु भएकोमा तपाई डि.वि.पालुङवा लगायत सम्पूर्ण सम्पादक मण्डललाई धन्यवाद दिन चाहान्छु । र पाठक वृन्दहरुलाई म के भन्न चाहान्छु भने लिम्वुवानको लागि एकजुट होऔं र लिम्वुवान स्वायत राज्य चाँडै स्थापना गरौं भन्ने आव्हान गर्दछु । र मैले सञ्चालन गरेको ब्लगसार्इटमा तपाईहरु आएर भरपुर त्यसको फाईदा लिनुहोस् । सल्लाह सुझाव दिनुहोस् । लेखरचना सम्प्रेषण गर्नुहोस् । अव तपाई हामी सवै हरेक रुपले अगाडी वढ्न सक्षम होऔं । समयसापेक्ष सवैले हिड्न सक्यौ भने लक्ष्य त्यति टाढा छैन होला जस्तो लाग्छ ।
५) तपाई गीत र कविता दुर्इ वटै बिधामा उतिकै पोख्त हुनुहुन्छ , यहाँलाई गीत र कविता लेख्नुमा अन्तर के छ होला जस्तो लाग्छ ?
गीत र कविता साथै अन्य विधामा पनि कलम चलाउँने गरेकोछु झण्डै २० वर्षअगाडी देखि । खासगरि मैले वढी गीत र कविता नै लेखेको छु त्यसैले तपाईले गीत र कवितामा पोख्त भन्नु भएको होला । तर कुनैपनि साहित्यकार पूर्णरुपले पोख्त कहिल्यै हुदैन । उ सधै सिकिरहेको हुन्छ । गीत र कविता लेख्नुमा चाहि निक्कै अन्तर हुन्छ । गीत बढी गेयात्मक भएकोले निश्चित घेरामा रहेर लेख्नु पर्ने हुन्छ भने कविता

No comments:
Post a Comment