साहित्यकार प्रकाश के.सी.ले हङकङबाट सञ्चालित नेपाल डट एचके अनलार्इन पत्रिकाको लागि लिनु भएको टंक सम्वाहाम्फेको अन्तर्वार्ता
१. तपाईँलाई कहिले र किन लाग्यो कि तपाईको मनमा कुराहरु छन् अनि तिनलाई कलमवद्ध गर्नुपर्छ ?
मलाई चेतनाले जहिले घचघच्यायो, मानवीय सम्वेदनालाई अक्षरवद्घ गर्नु पर्छ भनेर, त्यही बेलादेखि नै मैले आफ्नो कलमलाई आजसम्म गतिशील गराउँदै आएकोछु देशदेखि विदेशसम्म । वास्तवमा मनभित्र सँधै कुराहरु हुँदा रहेछन्, खेल्दा रहेछन्, सायद मृत्युपर्यन्त हुन्छन्, खेल्छन् नै जस्तो लाग्छ कुराहरु । तर जीवन वोधले लखेट्दा वा लखेटिँदा भेटिएका भावना र विचारहरुलाई अक्षरहरुमा मुछ्दा एउटो सिङ्गो जीवन उभेको अनुभूति पाउँदादेखि नै लेख्नुपर्छ भन्ने लागेको हो र अर्को कुरा, अक्षरहरुले बनेको जीवन, हाम्रो जीवनभन्दा अमर हुन्छ भन्ने लागेर नै जानी नजानी लेख्नतिर धकेलिएको हुनुपर्छ म ।
२. तपाईँले, पहिलो पाठक वा श्रोताको प्रतिक्रियालाई पक्कै पनि बिर्सिनु भएको छैन होला, (प्रतिक्रिया नीःशब्द पनि हुनसक्छन्(तपाईँको बुझाइमा भर पर्छ), आज यत्तिका समयपछि उक्त व्यक्तिको प्रतिक्रियालाई सम्झनु हुन्छ भने किन ‘त्यसो ‘गर्नु हुन्छ ? ‘त्यसो ‘लाई विस्तृतिकरण गर्न सक्नुहुन्छ ?
हो, मैले पहिलो पाठकको प्रतिक्रियालाई आजसम्म भुलेको छैन । किनकि त्यही पाठकको प्रतिक्रिया नै मेरो लेखनको उर्जा बनिदियो । मलाई के लागिरहेको छभने, एउटा लेखकको लागि प्रतिक्रिया पाउनु नै सम्मानित वा पुरस्कृत भए जस्तो हुँदोरहेछ । आखिर लेख्नु नै कसको लागि रु पाठककै लागि हो, तब पाठकले नै प्रत्यक्ष प्रतिक्रिया दिएर राम्रो वा नराम्रो भन्ने, लेखनको पाटोलाई उघारी दिने भएकोले, साच्चै नै उर्जाशील बनिदियो मेरोलागि पाठकको प्रतिक्रिया । पाठकको प्रतिक्र्रयालाई विस्तृतिकरण त गर्न म सक्दिन तर सम्झनलायक भने अत्यन्तै ठान्दछु । किनकि पाठकको दृष्टिकोणलाई लेखकको दृष्टिकोणले विश्लेषण गर्न सकिन्न किनभने त्यहाँ विचारका अनेकौँ धारहरु, अनेकौँ कोणहरु सम्मिलित हुन्छन् । उहिलेदेखि अहिलेसम्म पाठक प्रतिक्रियालाई सम्झनुका कारणहरु पक्कै छन् । ति हुन् -अहिलेसम्म यो लेखन यात्रालाई यहाँसम्म ल्याई पुर्याउनुमा उच्च भुमिका निभाएको छ, त्यही पाठक प्रतिक्रियाले । किनकि पाठकले …तेरो लेखनमा लेखत्व छैन…भनिदिएको भए उहिले नै अक्षरसँग पारपाचुके भैसक्ने थिए, भैसकेको हुने थिए ।
३. तपाईँलाई आफ्नो रचनाले खुसी दिन्छ कि त्यसले आर्ज्या’को सम्मान तथा पुरस्कारले ? यसैमा थपुँ…तपाईँ अरुको लागि लेख्नु हुन्छ कि आफ्नोलागि ? आफ्नोलागि भन्नुहुन्छ भने गल्ति भन्नु हुन्छ, किनकि आफ्ना रचनाहरु जो प्रकाशित गर्नुहुन्छ, र फेरि अरुका लागि लेख्छु भन्नुहुन्छ भने पनि गल्ति गर्नुहुन्छ, किनकि त्यसमा तपाईँको रचनामा तपाईँ हुनुहुन्न, तपाईँको ‘स्व ‘ हुँदैन ?
सबभन्दा पहिले त आफ्नो रचनाले नै खुसी दिन्छ । किनकि बिनारचना कुनै सम्मान आर्जिन्न । तर्सथ पहिलो खुसी रचनाले नै दिन्छ, जुनसुकै लेखकलाई पनि । लेखिसकेपछि मात्र रचना मुल्याङ्कनमा आउने कुरा हो । तव न पुरस्कारका कुराहरु आउने हुन् ! कुनै पनि लेखकले लेख्ने रचना पहिले आफ्नैलागि हुन्छ प्रकाशित नहोइन्जेल, प्रकाशित भएपछि मात्र सार्वजानिक हुने कुरा भो । प्रकाशित नभइन्जेल त लेखककै हक हुन्छ । नचाहेको खण्डमा अप्रकाशित पनि गर्न सकिन्छ । मेरो भन्नुको मतलव, कुनै रचना प्रकाशित नहोइन्जेल त्यो लेखककै हुन्छ । फ्रान्सका महान विचारक रोला वार्थको भनाइअनुसार,…लेखकले आफ्नो रचना सार्वजानिक गरेपछि लेखकको मृत्यु हुन्छ…भनेका छन् । यो एक प्रकारले ठीकै पनि हो तर लेखकको कृति वा रचनाले पाठकहरुको मानसपाटलमा भने एउटा नयाँ विचारको ध्रुविकरण भने पक्कै गराउँछ नै । किनकि, लेखनमा लेखकको विचारले पाठककहरुको विचार सागरमा नयाँ विचारको तरङ्ग पैदा गरिदिन्छ । मलाई लाग्छ, त्यो नै लेखकको स्व नभए पनि सन्तुष्टि भने पक्कै दिन्छ ।
४. तपाईँ यति लामो समयदेखि हङकङमा हुनुहुन्छ, हङकङ कस्तो भोग्दै हुनुहुन्छ ? ‘उत्तर, सामाजिक तथा साँस्कृतिक पक्षलाई नेपालको विगत अनि हङकङको वर्तमानसँगै कस्तो र कहाँको भविष्य सोँच्नु भएको छ ?’ मा गाभेर दिनुहोस् ?
विगत १० वर्षदेखि हङकङ भोग्ने क्रम निरन्तर चलिरहेछ प्रवासी जीवनको पीडा भोग्दै । येनकेन प्रकारेण भनेझैं, जेनतेन जीवन चली नै रहेको छ । सायद, आजसम्म यही रहनुमा नेपालको द्वन्दले पनि केही हदसम्म विदेशीनुमा भुमिका निभाएको छ । जहासम्म नेपालको संस्कृतिक पक्षलाई हङकङको वर्तमान पक्षसँग तुलना गर्ने हो, पक्कै पनि विकृतितिर धकेलिएको पाइन्छ । तर पनि, विभिन्न नेपाली संघ-संस्थाहरुले त्यसको जगेर्नामा पनि पहल गरिरहेकाछन् । त्यो राम्रो पक्ष हो । तर हङकङमै जन्मे-हुर्केका नेपाली सन्तानहरुले भने, देशको साँस्कृतिक पक्षमा पटक्कै ध्यान दिएको पाइन्न, त्यो अभिभावकको ठूलो कमजारी हो । केवल पैसाको पछि दौडिएर सन्ततीको भने वेवास्ता गरेको धेरै पाईएको छ । त्यस्तोमा म आफै पनि पर्न सक्छु । जहासम्म हामी विदेशीएर नेपालको जीवनस्तरभन्दा माथिको जीवन भोगे पनि, हामी नेपाली माटोको उपज हौँ, त्यसैले देशमा उपयुक्त हुने आर्थिक स्थिति निर्माण गरेपछि देशको सेवामा समर्पित हुनुपर्छ भन्ने ठान्दछु । किनकि आफ्नो देशमा स्वभिमान हुन्छ तर परदेशमा स्वभिमान हुँदैन । त्यसैले नेपाली हुनुको गौरव लिनु छभने नेपाल देश नै हुनु आवश्यक छ । तर्सथ म सँधै देशप्रति समर्पित हुन्छु र मलाई नेपाल नै प्यारो छ, यहाँ जतिसुकै सुख-सुविधा पाए पनि ।
५. तपाईँलाई मानवीय कुन ‘पक्ष’ ले छुन्छ ? कविता तथा गीत रच्नलाई साथ दिने मानवीय त्यस ‘पक्ष’भित्र तपाई खेल्नुहुन्छ कि तपाईँभित्र त्यस ‘पक्ष’ खेल्छ ?
मलाई मानवीय सम्वेदनाको पक्षले धेरै छुने गर्छ । त्यसैले त्यही पक्षभित्र कविता तथा गीत रचना गर्ने विषय वस्तुहरु भेट्ने गर्छु । त्यो कहिले मभित्र खेल्ने गर्छभने कहिले त्यो सम्वेदनाभित्र म खेल्ने गर्छु । किनकि त्यो र म सरावर जस्तो लाग्छ, परिपुरकझैँ । त्यसले मेरो सम्वेदनालाई छुन्छभने म त्यसको सम्वेदनालाई छुने कोशिस गर्छु । हुन त यो मेरो एउटा भ्रम मात्र हुन सक्छ, मैले छोएँ भनेर तर नछोईएको पनि हुनसक्छ । तर मेरा सृजना पक्षहरु यसरी नै तयार भएका हुन् कि भन्ने लाग्दछ ।
६. कति सजिलो लागेको छ तपाईँलाई ‘हाम्रो पुस्ताको’ यो जीवन बाँच्न ?
जीवन बाँच्न त्यसै पनि सजिलो छैन । किनकि जीवनसँग अनेकौ हण्डर, ठक्कर र विघ्न-वाधाहरु हुन्छन् । त्यो माथि, यो उत्तरआधुनिक युग हो । हामीलाई साइवर संस्कृतिले खर्लप्पै निलेको छ । अत्यन्तै महङ्गो जीवन बाँच्नु परेको छ । त्यसैले हाम्रो पुस्तालाई बाँच्न पक्कै पनि सजिलो छैन । यसोभन्दा सबै नकरात्मक सोँच भन्नु होला तर सुलभ पक्ष पनि त्यतिकै छन् । विकासले जीउन सजिलो त गरेको छ नै तर त्यसलाई आफ्नो पहुँचमा पार्नको लागि जीवन शैली मजैले दुःख-दर्दमा होम्नु परेको छ । पाउनु र गुमाउनु बराबरी हुनु पर्नेमा गुमाउनु नै धेरै भैरहेको छ । तर्सथ आजको जीवन शैलीमा कठिनाई बाँचिरहेका छौँ कि जस्तो लाग्छ । त्यो कसैलाई नहुन पनि सक्छ किनभने बाँच्नुका काईदाहरु आ-आफ्नै हुन्छन् । किनकि मैले भोगेजस्तै जीवन अरुले नभोगेको पनि हुन सक्छ, र अरुको जस्तो जीवन मैले नदेखेको पनि हुन सक्छ । समग्रमा यो पुस्ताको जीवन भोगाइ त्यति सजिलो छैन जस्तो लाग्छ र छैन पनि ।
७. नेपालको अनिश्चितता, अनि अव्यवस्थाले कति पिरोल्दछ तपाईँलाई साहित्य सिर्जनाहेतु ?
नेपालको अनिश्चितता र अव्यवस्थाले धेरैभन्दा धेरै साहित्य सृजनामा पिरोलेझैँ लाग्दछ । लागेको पनि हो, बारम्बार त्यही कुराहरु आइरन्छन्, देश दुःखेको कुरा ! देश दुःखेपछि नेपाली छाती पनि नदुख्ने कुरै भएन । सधै सृजनामा देशलाई कसरी सगरमाथाझैं उच्च पार्ने भनेर विचारहरु सल्वलाई रहन्थे । लाग्छ त्यसबेला देश दुःखेको अनुभूतिले आफैं विमार भएझैँ भएर अनिश्चितता र अव्यवस्थाका कुराहरुले कारणवस धेरै लेख्न सकिएन । तर देश दुःखेको वेला सृजनामार्फत मलहम लगाउने काम एउटा लेखकको दायित्व पनि हो । भनेजस्तो सृजना गर्न नसक्दा, कतै दायित्वबाट पन्छिएको हो कि भन्ने भान पाठक वर्गलाई लाग्न सक्छ । समय अभाव र जिउनुको व्यस्तताले पनि त्यो गर्न नसकिएको हुनसक्छ । तर गर्न नचाहेको भने पक्कै होइन । खासमा, साहित्य सृजनाको हेतु भन्नु, मेरोलागि साहित्यमा समर्पित भएर सृजनाको विकास गर्दै मानवीय सम्वेदना पक्षलाई दुनियाको सामु यथार्थ लेखनमार्फत प्रस्तुत गर्नु नै हो ।
८. तपाईँ साहित्यको ‘अभिष्ट’ के हो ?
मेरो साहित्य सृजना गर्नुको मुख्य अभिष्ट भन्नु नै साहित्यमार्फत देशको परिचयलाई विश्वसामु पुर्याउनु नै हो । तर त्यो साहित्य क्षेत्रमा त्यति उल्लेखनीय कार्यहरु भैरहेका छैनन् । नेपाली साहित्य लेखिएर मात्र हुँदैन लेखिसकेपछि साहित्यलाई अनुवाद गरी विश्वसामु फैलाउन सक्योभने नेपाली साहित्य पनि विश्व लेखन जगतमा कमजोर अवश्य छैन । कुनै काम गर्नको लागि कुनै अभिष्ट लिईएनभने त्यो काम पक्कै पूरा हुन्न । तर्सथ सबै नेपाली साहित्यका लेखकहरुले समृद्घ साहित्यको सिर्जना गरी विश्वसामु नेपाली साहित्यलाई फैल्याउने अभिष्ट लिनुपर्छ ।
९. ‘नेपाल डट यचके’ को टिमले तपाईँको ..यस्सिम्मा… टोक्ने !… शीर्षकको कवितालाई वर्षभरिको सर्वोत्तम मान्यो र प्रकाशित गर्यो, तपाईँको निजी राय कस्तो छ त्यस्तो प्रकारको छनोटमा र पुरस्कारविहीन सम्मानमा ?
नेपाल डट एचके टिमले मेरो कवितालाई प्रकाशित गरी यो वर्षको उत्कृष्ट कविताको रुपमा घोषित गर्यो । त्यो त मेरोलागि अत्यान्तै खुसीको कुरा हो । तर त्यो पाठकको मत सर्वेक्षणवाट भैदिएको भए अझ म खुसी साथै आभारी पनि हुने थिएँ । अहिले आएर टिममा भन्दा पनि पाठकको मतमा ठूलो शक्ति हुन्छ भन्ने कुरा विभिन्न छनौटहरुलाई उदाहरण लिए हुन्छ । यसो भन्नाले टिमको अवमूल्यन गर्न खोजेको भने होइन । खास मेरो भनाइ के हो भने, छनौटमा प्रजातान्त्रिक हुनु पर्यो भन्ने मात्र हो । अब पछिल्लो वर्षको उत्कृष्ठता घोषणा गर्दा त्यो नीती अवलम्वन टिमले गरोस् भन्ने चाहान्छु, किनकि नेटमार्फत विश्वभरिका पाठकहरुको मत लेखकले पाउन सक्छ । पुरस्कारप्रति मलाई त्यति विश्वास छैन, किनभने, नेपालमा पुरस्कार दिँदा प्रतिशत र दलाली गरेको सुन्न पाउँदा पुरस्कार लिन मन लाग्दैन । मेरो कविता सर्वोत्तम घोषणा हुनु नै स्वतः म पुरस्कृत हुनु हो अनि किन मलाई पुरस्कार चाहियो र ? यसको लागि नेपाल डट एचके टिमलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहान्छु ।
१०. आफ्नो साहित्यिक विगतलाई सम्झँदै त्यही यात्राको भविष्यबारे अन्तिममा बताउनुहोस् ?
एक प्रकारले मेरो विगतलाई सम्झँदा यसरी लेख्न सक्छु होला जस्तो लागेको थिएन किनभने लेख्ने क्रम उपक्रम चलिरहेकै बेला एक्कासी वैदेशिक रोजगारको शिकार बन्न पुगियो । अब सम्झनुहोस्, अर्काको अधीनमा रहेर कसरी साहित्य जस्तो गहन कुरा जोड्न सकिएला र ? त्यस्तो नियती, पूरै मैले आधा दशक व्यहोर्नु पर्यो । त्यसबेला साहित्यको ‘स’ सम्म उच्चारण गर्न पाईएन, लेख्नेको त कुरै पर राखौँ । त्यो समयमा अनेकौँ विचार र सृजनाको बाढीहरु, तरङ्गहरु, छालहरु मडारिदै हराउँथ्यो दिमागमा । ती भावनाहरुलाई अक्षरवद्घ गर्न नपाउँदा साह्रै दुःख लाग्थ्यो । आखिर त्यो गर्न सकिएन पनि, त्यसबेला गर्न सकेको भए दुईचार कृतिहरु पाठकको सामु पक्कै आईसक्थे नै तर ल्याउन सकिएन, अझै पनि दुःख लाग्छ सम्झेर । तर मभित्रको प्रतिवद्घता भने मरेन । फलस्वरुप, हङकङको साहित्यिक माहौलमा आईपुग्दा मरिसकेको रुखको ठुटाबाट मुना पलाउँदै आएझैँ मेरो मानसपाटलमा साहित्यका मुनाहरु पलाउन थाले । त्यसकै परिणाम भनौँ, एक कविता संग्रह र एक आधुनिक गीति एल्वम पाठक तथा श्रोताहरुमाझ ल्याउन पाएँ । त्यसमा म निक्कै खुसी छु । हालसालै पुनः अर्को गीति एल्वम श्रोताहरुमाझ ल्याउने तरखर गरिरहेको छु । मलाई लाग्छ, अब यो यात्रा जीवन रहुन्जेल निरन्तर चलिरहन्छ भन्ने लागेको छ र अरु कृतिहरु पाठक तथा श्रोताहरुमाझ ल्याउने विचार पनि गरिरहेको छु । एक प्रकारले साहित्य नै जीवन बनी सकेकोले जीवनको अन्तिम क्षणसम्म साहित्य सेवा गरिरहने आशा लिएको छु ।

No comments:
Post a Comment