चन्द्र मादेन "आन्छन्"
मेरा अभिन्न मित्र टंक सम्वाहाम्फेजीले (वहाँ नेपालदेखि छुट्टी बिताए भर्खरै हङकङमा प्रवेश गर्नु भएपछि हाम्रो पहिलो भेटमै) 'मेरो उपहार स्वरुप' भनेर अचानक मेरो हातमा पुस्तक थमाइदिनु भयो । एकछिन त अलमल्ल परेँ । पुस्तक नियाल्न थाले "युद्ध भित्र उभिएका वुद्धहरु" (कवितासंग्रह) का कवि पर्नु भएछ वहाँ नै । आफैम छक्क पर्दै ज्यादै कौतुहलका साथ भित्र बाहिर आत्तिँदै पुस्तक हेरेँ आफैँ छक्क परेँ। भित्रबाहिर,छेउकुना तलमाथि सबै सरसर्ती हेरेर पनि कति दोहोर्याइ तेहर्याइ पनि हेरेँ । मेरो मन आफैँ भित्र बोल्न थाल्यो 'मेरो मित्र टंक सम्वाहाम्फे यत्रो कवि हुनुहुदोयत्रो लेखक हुनुहुदोरहेछ । मैले यतिका -चार बर्षनिरन्तर सर्म्पर्क) हाम्रो अटुट संगत हुँदा पनि अझै राम्ररी चिनिसकेको भने थिइनरहेछु । वहाँको हरेक गतिविधि,जस्तै हेराइ,वोलाइ,गराइ भनौँ हरेक क्रियाकलापमा सधै भावुकता,आत्मियता,इमान्दारिता,कर्तब्यनिष्ठता र मिलनसारपना पाइन्थ्योतर यो लुकेको कवित्व कलम चलाउने वहाँको प्रतिभाप्रति भने म स्वयं अनभिज्ञ रहेछु आदि'
"मानिसमा पलाएको कुनै पनि आत्मा वा भावनालाई कसैले रोकेर राकिन्न,प्रकृतिले सृष्टि गरेको सूर्य र चन्द्रलाई कहिल्यै पनि छेक्ता छेकिन्न" भने झैँ हङकङ जस्तो अति ब्यस्त शहरमा लगभग ५०,६० हजार नेपालीहरु भित्रिएको मध्ये ९९ प्रतिशत रोजगारकै निम्ति भित्रिएको ठाउँमा अन्य क्रियाकलापलाई थाती राखेर सिङ्गो पुस्तक सृजना गर्न सफल हुनु भएकोमा श्री टंक सम्वाहाम्फेज्यूको परिश्रमलाई आमसमुदायले मूल्याङ्कन गर्नै पर्छ ।
प्रत्येक मानिसको कुनै बस्तुलाई अङ्कीत कल्पित गरेर हेर्ने दृष्टिकोण आ-आफ्नै किसिमको हुन्छ । मैले पनि यो आकर्षक पुस्तकलाई गहिरो दृष्टि लगाई समीक्षा गर्नुपर्दा ४१ वटा कविता र सिसा कलमद्वारा कवितालाई सजावट गरिएको पुस्तक बाहिर देख्दै ज्यादै आकर्षित पानाहरुमा कविताको चयन गराइ अत्यन्त खारिएको छ, भनौँ सम्पादन गर्न कवि टंक सम्वाहाम्फे सफल हुनु भएको छ । त्यसमा पनि सबै भन्दा आकर्ष "युद्ध भित्र उभिएका वुद्धहरु" भन्ने पुस्तकको शीर्षक नै विशेष महत्वपूर्ण,प्रभावशाली देखिन्छ । त्यस्तै पुस्तकको अर्को मुख्य विशेषता लिम्वू (किरातँ जाति ) वंशहरु सिमित औँलामै गन्न सकिने मात्र विद्वान,लेखकहरु भएको वेला टंक सम्वाहाम्फे (किराँत ) ले पनि कवि बनेर सबैलाई उदाहरणीय रुपमा देखाउन सफल हुनु भएको छ ।
प्रस्तुत पुस्तक भित्र ६८ पृष्ठ लामो आकर्षक कविताहरु सबैको बुँदागत रुपमा समीक्षात्मक टिप्पणी गर्दा धेरै लामो ब्याख्या गर्नुपर्ने हुन्छ । त्यसैले मुख्य मुख्य कविताको शीर्षक र कविजीको समष्टि रुपले भावना छोटकरीमा प्रस्तुत गर्न चाहन्छु -
पुस्तकसँग सम्बन्धित अथवा पुस्तकको शीर्षक नाम नै "युद्ध भित्र उभिएका वुद्धहरु" भन्ने भित्रको कविता आजको दुनियाँ व्यक्तिगत स्वार्थको लागि वुद्धको उपदेश अहिँसा,शान्ति आदिलाई छोडेर अरुको विध्वंस गर्न लाग्नेहरुलाई कवि यसरी भाव पोख्नु हुन्छ -
"उल्टै डस्न खोज्छन् गोमन र्सप झैं
मपाईत्वका हिटलरहरु
उल्टै मौका छोप्न खोज्छन्साधु विराला झैं
प्रतिघातका जुडासहरु "
'अस्मिताको खातिर' कविताको शीर्षकमा स्वार्थी अमानवीय दुश्चरित्रलाई व्यङ्गयात्मक पाराले हिंस्रक जनावरसँग तुलना गर्दै आफ्नो कर्तव्यलाई अस्मिता (इज्जत) सँग दाज्दैर्,कर्तव्य भन्दा बाहिर गएको निरिह मान्छेलाई संज्ञा दिदै कवि सम्वाहाम्फे यसरी लेख्नु हुन्छ
"मुटु छेड्ने चित्कारहरुले
गाढा निन्द्राको तन्द्राबाट
एक्कासी व्युँझिएछन् निन्द्रित मेरा आँखाहरु
र तत्काल दृष्टिहरु हुत्याउँदा
देखे त्यहाँ हुलका हुल व्वाँसाहरु" भन्ने अति आक्रोसित,गुञ्जायमान चेतनशील शब्दले प्रहार गर्नुभएको छ ।
त्यस्तै कवि राष्ट्रिय फूल "लालीगुराँस"मा अरुलाई उपहासको भावनाले अनुरोध गर्दै,आफ्नो देशप्रतिको जिम्मेवार बोध गराउँदै
"तिमी नफुले दुःखका क्षणहरु भुलिदैन
तिमी नफुले नेपालीको मन फुल्दैन
तिमी नफुले खुशियालीमा देश झुम्दैन"
आदि अति मार्मिक देशप्रेमको भावनामा विम्बित हुनुभएको छ ।
कविताको शीर्षक नै राष्ट्रवादी "मेरो देश" भन्ने वितिक्कै पढौं पढौं लाग्दो । ढर्रा र वेकम्फुसे हाउभाउ धेरै भएको पाश्चात्य वाहृय संस्कृतिले आक्रमण गर्न खोज्ने पश्चिमेली संस्कृतिलाईआफ्नो देशको खातिर चुनौति दिदैं
"कैदि भएका छन् स्वतन्त्रताहरु
दौरा सुरुवाल र ढाकाटोपी
राष्ट्रिय भेष भएको मेरो देश
टाइसुटको शोषणमा परेर हो कि कुन्नी
अब संग्राहलयमा मात्र
प्रदर्शन गरिने भएको छ ।"
जस्ता अति सम्वेदनशील उक्ति प्रस्तुत कवितामा उतार्न सफल हुनुभएकोछ । त्यसैले कवि सम्वाहाम्फेजीको यो पुस्तकको कविताहरु मध्ये सबै भन्दा आकर्षक राष्ट्रियताले ओतप्रोत भएको सबैभन्दा स्तरीय कविता भन्दा अत्युक्ति नहोला ।
त्यस्तै कवि आफ्नो प्यारो देश नेपाल आमासँग बस्ने इच्छा हुँदाहुँदै वाध्यतिएर विदेशिनु परेको अनि आफ्नो जन्मभूमि प्रतिको आलो स्नेहलाई प्रसव वेदनाका साथ "प्यारो गाउँको सम्झनामा" कविताद्वारा कवि आफ्नो गुनासो पोख्नुहुन्छ
"इच्छा थिएन मलाई
आफ्नो गुँडलाइै छोडेर मुङ्लान पस्नु
उद्देश्य थिएन मेरो
मातृवात्सल्यबाट टाढिनु"
त्यस्तै गरेर कवि सम्वाहाम्फे देशको वर्तमान राजनैतिक स्थितिलाई गहिरिएर अध्यायन गरी शासकहरुद्वारा अन्याय अत्याचार गरी आफ्नो प्यारो स्वभिमान मुलुकलाई गुमराहमा पारेको कुरा स्विकार्दै राष्ट्रको दुःख व्यथामा भावविहृवल हुँदै "देशको आत्मकथा" भन्ने अत्यन्तै सान्दर्भिक शीर्षकद्वारा कवि सम्वाहाम्फे पुनः राष्ट्रप्रतिको चिन्तनका भाव यसरी पोख्नुहुन्छ
"पढें उसका मुहारहरु
मौन थियो धुम्मिएको बादल जस्तै
निहाले सर्वाङ्ग
देखें प्रत्येक गोरेटोहरुमा
लाठी र बुटहरु क्रुरताले बज्रिएको
अधिकारहरु खोसिए निर्ममताले बाँच्नेका "
भन्ने गहकिला शब्दहरुले चोटिलो प्रहार गर्दै कवि सम्वाहाम्फे सानो कलमको टुप्पाले ठूलो खोपडी भएकाहरुलाई जनचेतना जगाउने उदेश्यले माथिको व्यङ्ग्य पोख्नु भएको छ ।
क्रमैसँग कविता सबैलाई गहिरिएर हेर्दा अधिकांश कविजीको गन्तब्य विहिन यात्रा झैँ आफ्नै रफ्तारमा कुदिएको देखिए तापनि कवि कविताका हरफहरु ज्यादै देशप्रेमले अभि प्रेरित भएर राष्ट्रियताप्रति उत्तरदायी भएको देखिन्छ । जेहोस् समग्रमा मूल्याङ्कन गरेर भन्नु पर्दा युवाकवि सम्वाहाम्फे आजका युगका स्वार्थी समाजलाई चुनौती दिंदै केही गरौं भनेर नयाँ जोस जाँगरका साथ कृति प्रस्तुत गर्न सफल हुनु भएको छ भने कति "मपाईँपन बोकेका आफूलाई उत्कृष्ट कवि भन्न रुचाउने" खोक्रे कविहरुको बोक्रे धाकलाई प्रमाण स्वरुप कविता संग्रह सृजना गरी मुखमा बुजो लगाइदिनुभएको छ । आशा गरौं कवि सम्वाहाम्फे आगामी दिनहरुमा पनि एवं रितले निरन्तर आइरहनु हुनेछ । अन्त्यमा भन्नै पर्दा कविजीको समाज,राष्ट्रियता,देशप्रतिको उत्तरदायी हुनुभएको सिङ्गो जनसमुदायलाई आत्मबोध गराउन विकृति विसंगतिका विरुद्धमा जनचेतना जगाउने खालका क्रान्तिकारी कविता पनि प्रस्तुत गर्नुपर्ने अति आवश्यक देखिन्छ । अहिलेलाई इति श्री ।
युद्ध भित्र उभिएका वुद्धहरुको गुदी
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment