टंक वनेम
पुग्नु थियो धेरै टाढा फूल चढाई देउरालीमा
नाँघ्नु थियो डाँडाकाँडा दुःख बिसाई उकालीमा
भोग्नु मात्र रहेछ ब्याथा छाँती पोली पोली
कति सुनाउँ मनको बह दिल खोली खोली ।
उक्त माथिका हृदय स्पर्शी अभिब्यक्तिहरु गीतकार टंक सम्बाहाम्फे द्वारा "सार" नामक आधुनिक गीति संग्रहमा अभिब्यक्त भएको हो । संगीत विश्वको भाषा हो । संगीतका पारखीहरुले रेटेर वा सिर्जना गरेर मात्र संगीत बज्दैन । चराचर जगतका सम्पूर्ण बस्तुहरुमा संगीतको सिर्जना भई रहेको हुन्छ । बलेंसीमा तप्केको तप... तप... तप... तप...पानीको थोपाले निकालेको स्वर संगीत हो । चराहरुको चिर्रबिर्र,हुरी बतासले हल्लाएका सालघारीको सुसाई र नागबेली खोलामा बग्दै गएको साङ्लो पानीको मूर्च्छनायुक्त स्वर पनि संगीत नै हो । मानव मनले गरेका र प्रकृतिबाट सिर्जित संगीत भित्र डुबेर त्यो संगीतहरुलाई सुहाउँदा शब्दहरु कुद्नु कला र परिश्रमको रङ्गनि चित्र हो । गीतको सिर्जना गर्न तिनै प्राकृतिक र सांसारिक संगीतमा डुबेर मात्र गीतको सुमधुर लय साथै शब्द चयन गर्न सकिन्छ । यस्तै कठिन कामको परिश्रमी कलम मध्ये युवा कवि तथा गीतकार श्री टंक सम्बाहाम्फे द्वारा दोश्रो एल्बमको रुपमा "सार" नामक आधुनिक गीति संग्रह प्रस्तुत भएको छ । दुइ गीतमा क्रमश बरिष्ठ संगीतकार दिनेश सुब्बा र हेमन्त शिसिर द्वारा संगीत बद्ध गरेकाछन् भने बाँकी आठ गीतमा गायक स्वयमले संगीत दिएकाछन् । एल्बममा जम्मा दश वटा आधुनिक गीतहरु संगालिएका छन् ।
नेपाली बजारमा गीत सिर्जना गरेर एल्बमकै रुप दिनु भनेको एक प्रकारले ढुङ्गामाथि खेति गर्नु हो । तर गीतकारको आँट र परिश्रमले त्यो उक्तिलाई चुनौति दिँदै दोश्रो आधुनिक गीति संग्रह "सार" प्रस्तुत गरेर उक्त भनाइलाई झुट्टा साबित गरि दिएका छन् । प्रदेशको आकासमुनि बसेर नेपाली सांगीतिक धरातलमा यति सून्दर गीतहरुको फूल रोप्ने हिम्मतलाई सलाम टक्रर्याउँनै पर्छ । सुमधुर स्वरका धनी गायक कृष्ण भक्त राईले स्वर दिएको उक्त गीतहरुले श्रोताहरुको मन छुन सकेको छ । गीतकारको शब्दहरुमा जीवनकै उतारचढाव र जीवन भोगाईकै आरोह आवरोहहरु प्रतिबिम्बित भएको छन् ।
हुन पनि एउटा कर्ण प्रिय गीत सिर्जनाको धर्म जीवनको अनुभूति प्रकट गर्नु हो । मान्छेको जन्म र मृत्युको दुरी बीच तानीन्दै गई रहेको जीवनको तार जहाँबाट पनि बाँचे सम्म विभिन्न संगीतका स्वरहरु सिर्जना भई रहेका हुन्छन् । तर कमैले मात्र ति संगीतका स्वरहरुलाई शब्दमा परिणत गर्ने क्षमता र इच्छा राख्छन् । टंक सम्बाहाम्फे यस्ता कवि तथा गीतकार हुन उनले जीवनको संगीत तानेर नेपालबाट कोरिया,हङ्कङ् हुँदै रेडियो तरङ्गबाट शब्द अभिब्यक्ति विश्वमा पुर्याई दिएका छन् । चिनियाँ आकासमुन्तिर बसेर गीतका मधुर शब्दहरुमा लेकाली गुराँस टिप्छन् । लेंक बेंसी,मेलापात र प्रेम विरहले नेपाली जीवन शैलीको नुतन चित्र उतार्छन् । उहाँको लगनशिलताले गीतका मालाहरु उनिन्दै जान्छ र दोश्रो मालाको रुपमा "सार" श्रोताहरुको गलामा माला पहिरिन आइ पुग्छ । यति सून्दर गीतका माला भित्र हजारौं मनका भावनाहरु थोरै शब्दमा अभिब्यक्त भएका छन् ।
भनिन्छ जीवन नैं संगीतको तवला हो जीवन भोगाइकै दौडानमा तवला झैं विभिन्न तालमा बजी रहेका हुन्छौं । शायद त्यही भोगाईबाट मथेर निस्केका शब्दहरु सम्बाहाम्फेका गीतहरु हुन । कुनै समय अतितको गर्भमा गीत गाउँदै रुने गोठाले दाईको स्मृतिले पनि गीत रचनाको बाटोतिर अग्रसर गर्राई रहन्छ । भनौं वाल्यकालमा संगीतको विजारोपण भएको घटना उनको पानसपटलमा बल्झी रहन्छ । शायद त्यही बल्झाई "सार" एल्बम भएर दोश्रो जन्मको रुपमा प्रकट भएको छ । शब्द,भाव, र मन छुने मेलाडीहरुले सजिएको "सार"गीति संग्रह प्रदेशको भिरमा फूलेको नेपाली ढुङ्गे सुनखरी फूल हो भन्दा फरक पर्दैन ।
गीतकार टंक सम्बाहाम्फेकै शब्दमा -
गुराँस टिपी लाएका थियौं हामी सानो छँदा
लुकामारी खेलेका थियौं रानीबन घुम्दा ।
हो हामी यसरी नैं जीवन भोगाइमा अल्झी रहेका छौं बल्झी रहेका छौं । यिनै अल्झाइ र बल्झाइहरु नैं हाम्रो जीवनको साँचो गीतहरु हुन । गीतकार तथा कवि टंक सम्बाहाम्फेद्वारा यस्तै गीतहरुको जन्म भई रहोस भविश्यसम्म निरन्तर शुभकामना ।
वेष्ट मिड्ल्याण्ड - वेलायत

No comments:
Post a Comment