पद्मप्रसाद काफ्ले
"बञ्जर भूमि पनि बन्छिन् उर्वरा साधना पुगे"
धनकुटा जिल्लाको कुरुले तेनुपा गा.वि.स.मा निवासी समाजसेवी सेरवहादुर लिम्वूकी धर्मपत्नी बुधरानी लिम्वूको पेटपुछाउनी अथवा कान्छा सुपुत्र कवि टंक सम्वाहाम्फे "युद्ध भित्र उभिएका वुद्धहरु" कविता संग्रहका काव्य सर्जक हुन् । सामान्य परिवेश र साधारण पारिवारिक पृष्ठभूमिमा उम्रिएको विरुवा पनि उचित मलजल पाएमा फैलिन र झाङ्गीन सक्दोरहेछ भन्दा अत्युक्ति हुदैन । शिक्षाको उज्यालो घाममा सबैले रमाउन पाउँनु पर्छ भन्ने मान्यतालाई अङ्गीकार गर्ने र आफ्नो जीवन शैक्षिक साधनामा संलग्न गराउने साधकको रुपमा सेरबहादुर लिम्वूलाई चिन्न र चिनाउँन सकिन्छ । आफ्ना सन्तानलाई पनि आफू अनुसारको शिक्षादीक्षा दिन परिवेश जुटाउन सदैव अग्रसर हुने अभिभावकको न्यानो एवं पवित्र ममताबाट टंक सम्वाहाम्फेले ग्रामीण परिवेशबाट पाएको शिक्षाको उत्कर्षलाई उजागार गरेकाछन् ।
सहृदयी वा सहज प्रतिभालाई कुनै पारिवारिक पृष्ठभूमिले असर गर्दोरहेनछ ,परिवेशले कठ्याउदैन,वातावरणले प्रभाव पार्दोरहेनछ क्षेत्रले ठाउँछेक्न सक्दोरहेनछ,अविरल नदी प्रवाहको गतिमा बालुवाको वाँध जस्तै,प्रचण्ड वायुवेगमा कपडाको पर्दा झैँ आफ्नो गन्तब्य अविरल,निर्वाधरुपमा सुचारु हुँदोरहेछ ।
नेपाली साहित्यको प्राथमिक,माध्यमिक एवं आधुनिकका भवनको झयालबाट चिहाउँदा कुरुले तेनुपा माध्यमिक कालमा "अदभूत रामायण" लिएर रमाकान्त बराल उदाएको कुरा इतिहासले वताएपछि आधुनिक कालमा वि.सं.२०१८ सालमा क्लासिकलवादलाई प्रधानता दिई "नेपाली भजनमाला" लिएर अग्निप्रसाद बराल लोकलहरी उराल्न सफल थिए भने सोहि अवधिमा आयामेलिक समयलाई स्वच्छन्दतावादको उपयोग गर्दै टंक सम्वाहाम्फे देखा परेकाछन् "युद्ध भित्र उभिएका वुद्धहरु"लिएर । आधुनिक आयामेलिक स्वच्छन्दतावादको भुने भिरेर साहित्यिक साधनाकर्मिहरुका समीपमा आफ्नो दिमागी कसरतको प्रतिफल युद्ध भित्र उभिएका वुद्धहरु थप निधिको रुपमा नेपाली साहित्यको फाँटमा फूलाएकाछन् ,फलाएकाछन् कवि टंक सम्वाहाम्फेले । कृतिका रुपमा तेस्रो थुंगो भएपनि स्वच्छन्दतावादी साहित्यको पहिलो सिर्जना हो "युद्ध भित्र उभिएका वुद्धहरु" यस ठाउँको लागि ।
पारिवारिक पृष्ठभूमि र गाउँले वातावरणले असर नगरेका र ब्यवधान नपुर्याएका ब्यक्तित्वका सामुन्ने परिवेश नै छैन भन्ने आधुनिक साहित्यकार भनाउँदाहरुलाई भने गतिलो थप्पड दिएको मान्नु पर्दछ । यथार्थ वा सत्य तीतो हुन्छ भूतलाई परै छाडौँ अतीत अतीत नै रहेको छ । पढाइको दौरान कै अवसरमा निर्माण साहित्यिक पत्रिका तिर वि.सं. ०४४/०४५ तिर 'मन' लिएर साहित्यिक क्षेत्रमा फूटबल खेल्न उभिएका र अन्य फूटकर कविता लिएर नवोदित र पुरातन कवि तथा लेखकहरुका संगतमा परेका कवि सम्वाहाम्फे ०४७/०४८ तिर हुइकिन्छन् दक्षिण कोरिया तिर ।
रोजगारीको खोजमा वैदेशिक यात्रामा लागेका कवि टंक सम्वाहाम्फेको कविहृदय कोरिया तथा हङकङमा पनि उर्वर रहेछ भन्ने कुरा प्रस्तुत काव्यको 'आफ्नै कुराले' छर्लङ्ग्याएको छ ।
सायद उनलाई "चौविसेको मुस्कानले" चसक्क चस्कायो होला, "बस्ति देखि शहर सम्मले" चिमोट्यो होला,साथै कुरुले तेनुपाका सुगन्धि र बुकी फूलको सुवासले नाक रसायो होला । विदेशमा बसेर स्वदेशको माया गर्ने माया र प्रेमका पारखीहरुमा प्रेमको खेति गर्ने कृषकहरुमध्ये एक स्रष्टाका रुपमा टंक सम्वाहाम्फेलाई लिनुपर्ने अवस्था सिर्जना गरेकाछन् सर्जकले ।
प्रस्तुत "युद्ध भित्र उभिएका वुद्धहरु" कविता संग्रह एकचालिस थुँगाको सँगालो साहित्यिक मैदानमा परेक खेल्न लागेको छ । आफ्नो कवितामा च्याम्पियनशिप प्रदर्शन गर्न लागिरहेको छ । कविता अविरल गतिमा सलल्ल बगेकाछन् नदीको प्रवाह मिसिएर भावनाका चरणहरुलाई संगालेर सुमधुर काव्यसंगीतमा सल्वलाएर कवितामा मिठास छ,शब्द विन्यास र प्रतीक एवं विम्वहरुको प्रयोग,समायोजन प्रवल रहेको छ । आयामेलिक धारा स्वच्छन्दतावादलाई अंगालेर आधुनिक कविता फाँटमा सैर गर्न सिपालु देखिन्छन् कवि सम्वाहाम्फे । डाँडा,भीर,पाखा,पखेरा लालीगुँरास र बुकी फूलसंग मितेरी लाउँदै गाउँघरको अपार मायामा रङ्गीएका कवि मनका अत्यासहरुलाई असरल्ल नछाडि प्रवल मनोवलमा अडयाएर सामाजिक परिवेशलाई आधुनिक युगमा डोर्याउन सफलछन् कवि टंक सम्वाहाम्फे ।
प्रस्तुत "युद्ध भित्र उभिएका वुद्धहरु" कविताहरुले आजको वैज्ञानिक युगमा भौतिक विज्ञानको चरम उन्नति जडवादको उर्वर फाँटमा उदीयमान विद्वानहरुलाई वुद्ध बनाएर कविले प्रस्तुत कविता संग्रहको एक थुङ्गाले आधुनिक विद्वानहरुको वौद्धिकतालाई नृशंस नरसंहारमा लागेको देखि चुनौति दिएकाछन् कविले । अणु प्रमाणु शक्तिका प्रणेताहरुद्वारा प्रतिपादित सिद्धान्त हातमा लिएर नरसंहार गर्न उद्यत कठोर हृदयप्रतिको प्रहार अवश्य पनि उनीहरुको हृदयमा पुग्नुपर्दछ । परमाणु सिद्धान्तलाई मानव विकासमा उपयोग नगरेको अवस्थामा दिक्क मान्दै कविले ती वुद्धको शिष्टभाषामा आलोचना गर्न समेत पछि नपरेको पाईन्छ । कविले यसरी व्यक्त गर्छन कवितामा -
"भूल हुन नदेऊ
ननिम्त्याऊ विध्वँसका क्षणहरु
यसरी जिउदै मृत्यु अँगालेर"
"आफैँ राँड देशै भाँड" भन्ने उखान चरितार्थ गर्न उद्यत आजका वुद्ध बुद्धु त होइनन् - यदि बुझ पचाएर वुद्धत्वको दुरुपयोग भए गरेमा पक्कै अर्को वुद्ध जन्मनेछन् र उनबाट तिम्रो दुर्वुद्धत्व बलत्कार हुन सक्नेछ भन्ने हाँक दिन पनि पछि परेका छैनन् कवि टंक ।
"ए ! बुद्घहरु हो
जन्मन सक्छ अवश्य
तिमी उभिएको भूमिमा पनि अर्को बुद्घ"
आजको विश्व यद्यपि अशान्ति तिर धकेलिएको छ तथापि त्यो परिस्थिति कायम रहन सक्दैन आजको मान्छे अशान्ति र युद्धप्रति प्रतिदिन अभिप्रेरित भएको छ,युद्धको विभीषिकामा जो कोही होमिएको छ,जुनसुकै तरिकाले चाहे विद्वान,वैज्ञानिक,कलाकार र कीटपतंग समेत यस्तो परिवेशमा मान्छे बम वनेर विस्फोट हुन चाहला,युद्धको भुमरी मचाउन चाहला तर त्यस्तो परिस्थिति उपयुक्त छैन र आजको युगमा युग सापेक्ष छैन भन्ने सन्देश दिन कवि सफलछन् यसरी -
"सम्झौताका पत्रहरुमा
बन्धुत्वको हस्ताक्षर गर
र उडाउ शान्तिका सेता परेवाहरु"
वास्तवमा पारस्परिक विरोधाभासमा उत्रनु आजको फेसन भएता पनि तीतो सत्यतालाई वान्धवाभासमा अपरिहार्य भएको छ । शान्तिका सेता परेवा उडाउनु आजको आवश्यकता हो भन्ने अभ्रि्राय स्पष्टरुपमा गरेकाछन् कविले ।
प्रस्तुत "युद्ध भित्र उभिएका वुद्धहरु" कृतिको रुपमा प्रस्तुत गर्दा कवि युद्धको विभीषिका र मानव व्यवहारलाई कुरुक्षेत्रको लडाकुसँग तुलना गर्दै नरसंहारको कठोर वेदनालाई सहन गर्न नसकि तड्पिन्छन् र मपाईँत्वका हिटलरहरुलाई देख्दा पीडा खप्न नसकि आफ्ना छटपटाहट यसरी पोख्छन् -
"आफैलाई योद्घा सम्झने वैरीहरु
यसरी जिउ"दै मृत्य अ"गालेर
जुझारु समयको रुखो छातीमाथि
अणु परमाणुको सान्निध्यमा उभेर
पुकार्न बाध्य भएका छन् भातृत्व प्रेमले
शान्ति !
शान्ति !!
युद्घभित्र उभिएका बुद्घहरु"
आफ्नो सिर्जना भित्रका पत्रहरुमा कविले"युद्घभित्र उभिएका बुद्घहरु" वाहेक अन्य पत्रदलहरुमा पनि कविका भावना राष्ट्र भावनाका रुपमा उतारेकाछन् । इतिहासको सपनामा सैर गर्दै देशको आत्माकथा,हर्के देख्न पुगेका कवि सम्वाहाम्फे मान्छेको आडम्बरमा दिक्क हुन पुग्छन् । वास्तवमा आजको विश्व मानव समुदायको भावनात्मक चरित्र चित्रण गर्न विम्व र प्रतीकका माध्यमबाट सफलछन् कवि सम्वाहाम्फे ।
प्रस्तुत "युद्ध भित्र उभिएका वुद्धहरु" कविता संग्रहको आवरण आकर्षक तथा भित्री पृष्ठहरु अमूर्त चित्रले संगालिएका भावात्मक दृश्य भएकोले स्वयंमा पनि प्रशंशनिय त छ नै त्यसमा पनि शब्द समायोजन र विम्व तथा प्रतीकको प्रतीकतालाई झनै राम्रो विन्यास गरिएको छ । प्रस्तुत कविता संग्रह कुरुले तेनुपाको गौरव र नेपाली साहित्यिक बजारको प्रतिस्पद्धात्मक सौरभ हौ । यस साहित्य जगतमा कवि सम्वाहाम्फे अग्रसर हुदै जाउन,। राम्रा राम्रा रचनाहरु नेपाली साहित्यमा थप्दै गएर उनको वेग्लै छवि वनोस् । किनकी साहित्य भनेको समाजको दर्पण हो यसले समाजको वास्तविक चरित्र चित्रण गर्दछ तर्सथ कविको निरन्तर उन्नतिको कामना गरौँ ।
युद्ध भित्र उभिएका वुद्धहरुसंग अल्मलिन खोज्दा
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment