हाङयुग अज्ञात
शब्द,संगीत र स्वरको संयोजन नै गीत हो भन्ने आधारभूत तथा प्रचलित परिभाषा रहिआएको छ । तर शब्द मात्रै या संगीत मात्रै या स्वर मात्रै पनि गीत हुन्छ भन्ने मान्यता पनि विश्वका कलाप्रेमीहरु माझ व्याप्त छ । कति शब्दकार अथवा गीतकार भन्दछन् 'शब्द स्वयंले संगीत र स्वरको प्रकार मागिरहेको हुन्छ ।' त्यस्तै संगीतकारहरु भन्दछन्'संगीतले पोशब्द र स्वरको प्रकार खोज्दछ त ।' फेरि गायकको आफ्नै जिकिर हुन्छ 'होइन स्वरको तह हेरेर पो शब्द र संगीतको निर्माण हुन्छ त ।' जेहोस् गीत तयार हुन तीन थोक मिल्नै पर्दछ । यद्यपी,असल गीत बन्नलाई चाँहि शब्द,संगीत,स्वरको सन्तुलित र उत्कृष्ट तालमेल हुन आवश्यक पर्दछ । नत्र गीत आँडे हुन्छ । यहाँ त्यस्तैसन्तुलित र उत्कृष्ट तालमेलमा तयार भएको गीतहरुको संग्रह 'मनोभाव' बारे संक्षिप्त चर्चा गर्ने प्रयास गरिन्छ ।
'मनोभाव' मा संगीतकार र गीतकार सिङ्गो छन् । अर्थात,सम्पूर्ण संगीत एकल संगीतकार दिनेश सुब्बा र सम्पूर्ण गीत या शब्द एकल गीतकार टंक सम्वाहाम्फेको छ भने स्वर विविध प्रकारका गायकहरुको छ । गीतको पहिलो र्सत हो आनन्द दिनु । सो,मनोभावले श्रोताहरुलाई भरपुर आनन्द दिन्छ नै। तर आनन्द दिंदादिदैपनि कहीँ कहीँ भात खाँदा दाँतमा ढुंगा परेझैँ लाग्दछ ।
संगीतलाई आधार मानेर मनोभावको संगीतलाई मूल्यांकन गर्दा यहा उनले कतिपय गीतमा 'फाष्टफुड' तयार गरे जस्तो संगीत दिएकाछन् । त्यसो त पबित्र सुब्बाद्वारा गाइएको 'बषन्तको आँगनीमा कोइली बोल्यो कि -'भन्ने गीतको संगीत भने प्रशंसायोग्य र अनुकरणीय छ । संगीतकार दिनेश सुब्बाले यहाँ नेपाली संगीतको इतिहासमा चिनियाँ शैलीको संगीत भित्र्याएर नविनतम् कार्य गरेकाछन् । एकै किसिमको संगीत सुन्दासुन्दै वाक्कदिक्क भैसकेको श्रोताले नयाँ स्वाद चाख्न पाएको छ । संगीतको विकास यस्तै प्रयोगात्मक र सृजनशील सोचहरुले मात्र संभब छ । त्यसकारण दिनेश सुब्बा भित्रको संगीतकार अझ जीवित र सशक्त रहेछ भन्ने आभास 'मनोभाव' सुन्ने जो कोहीलाई हुने गर्दछ । लोकभाकाको राजेश पायल र्राईले गाएको 'दुखियाको एउटा झुप्रोपहाडको गाउँमा छ' बोलको गीतको संगीत पनि संगीतकार सुब्बाले नाक फुलाए अस्वभाविक लाग्ने छैन ।
शब्दको आधारमा मनोभावको अप्रेसन गर्ने हो भने यहाँ चार प्रकारका गीतहरु संग्रहित छन् ।
प्रकार एकमा राष्ट्रिय गीत,प्रकार दुइमा जीवन-दर्शन गीत,प्रकार तीनमा मायाको ट्रयाजिक गीत र प्रकार चारमा नारी साइकोलोजीको गीत । शान्ति आहृवान र दुखियाको गीत प्रकार एकको गीत हुन् । जीवन के हो,सोच्दा यहाँ र चट्याङ पर्यो प्रकारका दुइका गीत हुन् । माथि चढुँ हिउँ पहिरो,आजकालको समय,ढुंगा कस्ले हान्योर हे चरी भुरुरु प्रकार तीनका गीत हुन् र लाज लाग्छ तथा बसन्तको आँगनीमा प्रकार चारका गीत हुन् । यसरी चार प्रकार गीतहरु एउटै एलबम या संग्रहमा राख्नसक्नु गीतकार टंक सम्वाहाम्फेको सामर्थ्य हो । शब्द चयनको यस दृष्टिकोणबाट हेर्दा निश्चय नै गीतकार सम्वाहाम्फे नेपालका उत्कृष्ट गीतकारहरुको कोटिमा पर्दछन् । यद्यपि,दुइएक ठाउँमा उनले शब्दलाई अर्थै नबुझी प्रयोग गरेको अनुभूति हुन्छ । जस्तो कि दुखियाको गीतमा भाका पूर्वेली छ,गीत सुन्दा पूर्वेली गाउँको तस्वीर आउँछ तर गीतको दास्रो अन्तरामा 'दोहोरी' शब्द प्रयोग गरिएको छ । नेपालको पूर्वतिर दोहोरी भाका नगाइएर 'जुहारी' चाँहि गाइन्छ ।
दोहोरी नेपालको पश्चिमको विम्व हो । पूर्वेली भाकामा दोहोरी शब्द गाउँदा अस्वभाविक लाग्दो रहेछ । मानूँ टिसर्टमा टाइ लाए जस्तो । जे होस्,दुइएक भ्रम नराखी गीत 'पपुलर' हुदैन भन्ने मान्यता पनि नेपाली गीत संगीतको फाँटमा मौलाउँदै गएको पाइन्छ । प्रसंगबस् श्रवण मुकारुङको 'माथिमाथि सैलुङ्गेमा....' भन्ने गीतको कुरा कोट्याऔं । 'मारुनी' भनेको केटाले कटी बनिएर नाच्नु हो । तर,यहाँ कुन्ती मोक्तान गाउँछिन्,'मैले जति मारुनी कल्ले नाचेको छ -' त्यसकारण कतिपय विद्वानहरु भन्दछन् गीत भनेको अवचेतनाको मीठो प्रतिफल हो । समग्रमा 'मनोभाव' भित्रका शब्दहरु विशिष्ट,परिपक्क,सुन्दर एवं मन छुने किसिमका छन् । यसका निम्ति गीतकार टंक सम्वाहाम्फेलाई जति बधाई दिए पनि र जति प्रशंशा गरे पनि थोरै हुनेछ । उनी जस्तो प्रतिभाशाली गीतकार नेपाली गीतसंगीतले पाउनु ठूलो उपलब्धी हो ।
अन्तमा यस्तो महत्वपूर्ण एल्बम् निर्माण गर्ने साहसी निर्माताद्वय कमला सुब्बा र मातृदीप राइ,एल्बमकी उद्घाषिका अरमाली श्रेष्ठ र आवरण सज्जाका निम्ति सुरज श्रेष्ठ सप्पै धन्यवादका पात्र छन् । एकचोटी प्रत्येकले सुन्नै पर्ने मनोभावमा पक्कै पनि परदेशमा बाँचिरहेका नेपालीहरुको मनोभाव छ मनोव्यथा छ ।

No comments:
Post a Comment